Sep 24, 2023
बुटवल । आज देशका विभिन्न स्थानमा रहेका नदी–खोलामा बाढी आउन सक्ने अनुमान गर्दै बाढी पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना गरेको छ।
महाशाखाले बिहान जारी गरेको सूचनाअनुसार आज कोसी र यसका सहायक नदी, नारायणी र यसका सहायक नदी, तिनाउ, पूर्वी राप्ती, बबई लगायतमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी केही ससाना नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
प्रतिकृया दिनुहोस्