११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

तेह्रथुम। धनकुटाकाे महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन । महालक्ष्मी-१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्राेत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् ।

Advertisement

परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानहरूको गतिलो आर्थिक स्राेत नै तरकारी खेती बन्दै आएको छ । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती फस्टाएको छ । केही वर्षअघिसम्म पसल गर्दै आएका उनले पसल नचलेपछि तरकारी खेती रोजेकी हुन् । उनी भन्छिन्, ‘पहिले हामी पसल चलाउँथ्याैं, तर पसल चलेन त्यसपछl तरकारी खेती थालेका हौं । तरकारी खेतीबाट यो लाख ६ लाख आम्दानी लिने लक्ष्य छ । हामीले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाटै लान्छन् बेच्नलाई समस्या छैन । यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।’

उनी जस्तै जितबहादुर अधिकारी विगत ३० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । अधिकारीलाई तरकारी खेती गर्न यतिबेला भ्याइनभ्याई बनेको छ । कोसी राजमार्गसँगै जोडएको यो गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ । ‘कुनैकुनै साल तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई । बजारको समस्या छैन अन्नबालीले हाम्रो श्रम र मेहनत मै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौ । तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहज मात्रै बनेको छैन राम्रो आम्दानी लिँदै आएका छौं,’ उनले भने ।

अधिकारीले तरकारी बिक्रीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिँदै आएका छन् । कटुवाल र अधिकारी जस्तै यहाँका किसानहरू तरकारी खेतीबाटै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन् । तरकारीको जोन क्षेत्रको रूपमा रहेको यस क्षेत्र मल बीउको  भने समस्या हुँदै आएको किसान उद्धबमणि रायमाझीले भनाइ छ । ‘तरकारीको जोन क्षेत्र भए पनि हामीलाई मल र बीउको समस्या छ । किसानहरूको समस्यालाई सरकारले पनि चासो नदिँदा हामीले चाहे जस्तो तरकारी उत्पादन गर्न सकेका छैनौं,’ रायमाझीले भने । यहाँ काउली, बन्दा, मुला,गाँजर,आलु,माेटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानहरूमा निर्यात हुँदै आएको छ । किसानले एक रोपनीदेखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन