९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बुटवल । एभरेष्ट इङ्गलिश माध्यमिक विद्यालय बुटवलले कक्षा ११ का विद्यार्थीका लागि शैक्षिक स्वागत तथा अभिमुखिकरण गरेको छ ।
विद्यालयले शनिबार एक समारोहको आयोजना गरी आफ्नो विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक सिकाई, अभ्यास, नेतृत्व विकास र अध्ययन क्षमतावृद्धिका विषयमा एकदिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

Advertisement

विद्यार्थीहरुलाई बरिष्ठ उत्प्रेरक डाक्टर ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षता र लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो अवसरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थी स्वागत गर्दै लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक गैरेले विद्यार्थीको अध्ययन तथा सिकाइका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा हिसान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य टंकप्रसाद कण्डेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, अभिभावक गोपाल अधिकारी, विद्यार्थी आशिष आचार्य, स्नेहा गौतम लगाएतले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा विज्ञान र ब्यवस्थापन संकाय अध्ययन गर्ने ४ सयबढी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए। दशजोड दुईमा अध्यापन गराउने अध्यापक तथा कर्मचारीहरुलाई सोही कार्यक्रमको अवसर पारि सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आआफ्ना सांस्कृतिक प्रस्तुतीहरु पनि देखाएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन