१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

भैरहवा । रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरूद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउनयोग्य आठ लाख ३५ हजार ७९० जना थिए ।  

Advertisement

लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धकोे पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चत घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित सबै नागरिकले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकापछि जिल्लालाई पूर्ण खोप सुनिश्चत जिल्ला घाेषणा गर्न लागेकाे हाे । कोभिड १९ विरुद्धको पहिलो र दाेस्राे मात्रा १०२ प्रतिशतले लगाएका कारण जिल्लालाई पूर्ण खाेप सुनिश्चत जिल्ला घोषणा गर्न लागेकाे खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिले जनाएकाे छ । 

सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर जिल्ला कोभिड १९ विरूद्धको पूर्ण खोपयुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा रिजालले बताए । रुपन्देहीका १६ वटै पालिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड १९ विरूद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चत भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुगमन, निरीक्षण तथा भेरिफिकेसन हुन्छ, टोलीले  प्रमाणित गर्ने प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन्छ । रुपन्देहीको जनसंख्यामध्ये १०२ प्रतिशत अर्थात ८ लाख ५६ हजार ४७७ जनाले पहिलो मात्रा र ८ लाख ५३ हजार ७८ जनाले दोस्रो मात्राको खोप लगाएको खोप अधिकृत शर्माले बताए । लक्ष्यभन्दा १७ हजार दुई सय ८८ जना बढीले खोप लिएका छन भने बुस्टर खोप पनि तीन लाख १५ हजार २६७ जनाले लगाएका छन् ।

१६ पालिकामध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाका एक लाख २० हजार एक सय ६६ जनाले पूर्ण खोप पाएका छन् । सबैभन्दा कम लुम्बिनी साँस्कृतिक नगरपालिकामा ७० प्रतिशत अर्थात ४७ हजार ५७५ ले पूर्ण खोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य