२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,

Advertisement

ग्लोबल आवाज

बुटवल । रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार नरेश केशी पुरस्कृत भएका छन् । रुपन्देहीको भैरहवा र लुम्बिनीलाई कार्यक्षेत्र बनाई राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार केशीलाई संघको स्थापना दिवसको अवसरमा पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम तथा संघका अध्यक्ष बाबुराम बोहोराले पत्रकार केशीलाई सम्मानपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।

२०५७ सालमा ५ हजार राशीबाट स्थापना गरिएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारको राशीलाई गतवर्षदेखि ३५ हजार ५ सय ५५ रुपैया बनाईएको छ । त्यस्तै रुपन्देही उद्योग संघले विभिन्न विधाका ५ जना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरेको छ । संघले कृषि तथा पशुजन्य उद्योगतर्फ एनएस एग्रो एण्ड लाईफ स्टक, युवा उद्यमीतर्फ भुसाल केबल एण्ड वायर इण्डष्ट्रिजका अंमृत भुसाल, महिला उद्यमीतर्फ सिद्धार्थ डेरीका गिता भट्टराई, प्रविधि उद्योग तर्फ बुटवल रेडिमिक्स र पशुपालन तर्फ बस्नेत गाईभैंसी फर्मलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको हो ।

त्यस्तै स्थापना दिवसको अवसरमा २०३५ सालमा संघलाई स्थापना गर्ने संस्थापक सदस्य कालिप्रसाद चौधरी तथा संघका पुर्व कार्यालय सचिव टिकाराम शर्मालाई सम्मान गरिएको थियो । यसैगरी संघले उद्योगमा कार्यरत मजदुरका छोराछोरीमध्ये दुईजनालाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति प्राप्त गर्नेहरुमा दुर्गादत्त माविमा अध्ययनरत दिपीका गुरुङ र रामनगर माविमा अध्ययनरत लिल बहादुर गुरुङ रहेका छन् । दुवैजनालाई नगद १० हजार १ सय ५५ सँगै झोला तथा कापी कलम प्रदान गरिएको थियो ।

संघको स्थापना दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ११ गतेदेखि १५ गतेसम्म रु. १ मा ओपिडी टिकट, सुगर र युरिनरी सेवा तथा फुलबडी चेकअपमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराएको थियो । स्थापना दिवसकै अवसरमा १५ गते बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गर्नु भएको संयोजक यमलाल भट्टराई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने