२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १४,

Advertisement

सुमन केसी / ग्लोबल आवाज

दाङ । दाङमा विहान सात वजेदेखि शुरु भएको उप निर्वाचनको मतदान जारी भएको छ । दिउँसो ३ बजेसम्म दाङमा ४२ प्रतिशत मत खसेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको १, २, १० र ११ वडा र शान्तिनगर गाउपालिका, दगिशरनगाउपाली, बबई गाउपालिका, त्यसैगरि घोराही उपामहानगरपालिका वडा न १६ मा मतदान भइरहेको छ ।

जिल्लाको घोराही १६ मा वडाध्यक्ष पदको लागी र दाङ कै निर्वाचन क्षेत्र नं ३ (ख)मा प्रदेशसभा सदस्यको लागी हुने मतदान भईरहेको छ ।

दाङको २ स्थानमा हुने निर्वाचनलाई मध्यनजर गरी सुरक्षा ब्यवस्था कडा पारीएको छ । दुई स्थानको चुनाबका लागि ३४ मतदान स्थल र ८२ केन्द्र तोकिएको छ ।

निर्वाचनमा कुल मतदाता ७३ हजार १ सय ७२ जना रहेका छन् । निर्वाचन क्षेत्र नं ३ (ख)मा प्रदेशसभाका लागी ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नं १६ मा ४ हजार ४ सय ५३ जनाले मतदान गर्दैछन् ।

निर्वाचन क्षेत्र नं ३ (ख) मा ३२ मतदान स्थल र ७७ मतदान केन्द्र, घोराही १६ मा २ मतदान स्थल र ५ केन्द्र केन्द्र रहेका छन् । प्रदेश सभा सदस्य तर्फ १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धा गर्दै छन् भने घोराही १६ मा ५ राजनितिक दल र २ स्वतन्त्र गरी ७ जनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा र घोराही १६ का अध्यक्ष लछिनप्रसाद बुढाको बिरामीका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने