२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १०,

Advertisement

बुटवल । प्रदेश ५ सरकारले सुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचारप्रसार गर्ने लक्ष्यसहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण पूरा गरेको छ ।

संघका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वमा ३७ सदस्यीय टोलीले कपिलवस्तु हुँदै वर्दियासम्मका जिल्लाको भ्रमण गरी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको जानकारी गराएको हो ।

टोलीले कपिलवस्तुको चन्दौटा, दाङ्गको भालुवाङ्ग र लमही, बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायी संघ तथा बर्दियाको ईको टुरिजम फोरमसंग अलगअलग भेटघाट गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचारप्रसार एवं निमन्त्रणा गर्ने काम गरेको भ्रमण दलका संयोजक तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव कुमार खनालले बताए ।

लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन होटल व्यवसायीले खेल्नुपर्ने भूमिकाका बारेमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी जिल्लामा आयोजित भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।

त्यसै गरी व्यवसायिक संस्था बीचको भगिनी सम्बन्ध, आन्तरिक पर्यटनको प्रवद्र्धन लगायतका विषयमा भ्रमणका क्रममा जानकारी गराइएको थियो ।

संघले आगामी पुष १४ गते देखि १६ गते सम्म ३ दिने बुटवलमा दोस्रो सडक खाना महोत्सव गर्ने कार्यक्रममा सहभागिताका लागि व्यवसायीहरुलाई निमन्त्रणा गर्नुका साथ महोत्सवको प्रचारप्रसार गरिएको संघका प्रथम उपाध्यक्ष बाब्राम गौतमले बताए । गत वर्षको अनुभवलाई मध्यनजर गरि यस वर्षको सडक खाना महोत्सवलाई थप व्यवस्थित गरिने महासचिव खनालले बताए । खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराइ ३ करोडको कारोबार गर्ने लक्ष्य लिएको संघले जनाएको छ । -रवीन्द्र प्रताप गुप्ताको सहयोगमा

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने