ताजा अपडेट »

कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ

आइतबार, १२ असार २०७९, २१ : ००
4 Shares

चितन ।  कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ ।

भरतपुर–८ घर भएका विक भरतपुर-५ मा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।