१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको गत जेठ ३० सम्पन्न अधिवेसन बदरको मागसहित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पेश भएको छ । महासंघको दाङ जिल्लामा सम्पन्न अधिवेसनबाट अध्यक्षमा निर्वाचित हुमनाथ अधिकारी उपर कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सैनामैना नगरपालिका-८ का नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरानीनीले निवेदन दर्ता गराएका हुन ।

Advertisement

नेपाल सरकारको सेवा तलव भत्ता लिने  सालझण्डी माविका प्राथमिक तहको स्थायी शिक्षक समेत रहेका  अध्यक्षमा निर्वाचित अधिकारीसहित अन्य पदमा समेत स्थायी शिक्षकहरु निर्वाचित भएकोले निर्वाचन बदरको माग गरिएको हो । नेपाल सरकाले गरेको शिक्षा ऐन २०२८ दफा १६(ङ) को (५) को ‘च’मा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम वा कुनै व्यवसायीक क्रियाकलप गर्न नहुने व्यवस्था  रहेको र शिक्षा नियमवयाली २०५८ को  परिच्छेद २२  शिक्षक तथा विद्यार्थीको आचार संहित नियम १३३(क), (ख), (ङ) र (ज)मा व्यवस्था गरेको कार्य विवरित रहेको भन्दै कारवाहीको माग गरिएको हो ।

एउटा गैरसरकारी संस्थाको अध्यक्षसहित पदाधिकारीमा स्थायी शिक्षकले  नियुक्ती हुँदा  नेपाल सरकारले जारी गरेको परिपत्र भन्दा विपरित रहेको भन्दै कारबाहीको माग गरिएको निवेदक बालकृष्ण मरासीनीले जनाएका छन् ।

नेपाल सरकारको स्थायी शिक्षकको रुपमा रहेका व्याक्तिहरुले गैर सरकारी संस्थाको विभिन्न पदमा बस्दै ठेकेदारी काम गर्दै जाँदा त्यसको प्रत्यक्ष असर शिक्षासहित अन्य निकायमा समेत पर्ने भएको कारण  प्रमुख जिल्ला अधिकारी मार्फत कारबाहीको माग गरिएको निवेदक  बालकृष्ण मरासीनीको भनाई छ ।

साथै गत जेठ ३० गते दाङ जिल्लामा भएको दोस्रो अधिवेसनमा निर्वाचन प्रक्रियामा समेत निर्वाचन मण्डलले बलजफ्ती निर्वाचन गरेको भन्दै निर्वाचनका सबै प्रक्रिया खारेज गरी पुनः मतदानको माग समेत गरिएको छ । अध्यक्षमा निर्वाचित हुमनाथ अधिकारी रुपन्देहीको सैनामैना १० सालझण्डी निवासी हुन भने उनी लामो समयदेखि सालझण्डी माविमा प्रावि तहको स्थायी शिक्षकको रुपमा कार्यरत रहेका छन् । उनी स्थायी शिक्षक रहदाँ बखत नेपाली काँग्रेसबाट क्षेत्रीय प्रतिनिधी समेत चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै