१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं।  जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ ।मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो ।

Advertisement

जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान सरकारको त्यस्तो निर्देशनलाई अवज्ञा गरेको र जापानमा दर्ता भएर कार्यालय स्थापना नगरेको भन्दै ४८ वटा विदेशी प्रविधि कम्पनीहरुमाथि कारवाही गर्ने जापानले निर्णय गरेको हो ।जापानको न्याय मन्त्रालयले जुन महिनाको सुरुवातमा विदेशी प्रविधि कम्पनीहरुलाई जापानमा दर्ता भएर आफ्नो कार्यालय स्थापना गर्नका लागि पुनः अनुरोध गर्दै जुन १३ सम्मको समयावधि दिएको थियो । तर उक्त अवधिसम्म पनि कार्यालय नखोल्ने विदेशी प्रविधि कम्पनीहरुलाई जरिवाना गर्न अदालतलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

आफ्नो मुलुकमा समेत सेवा प्रदान गरिरहेका विश्वस्तरीय प्रविधि कम्पनीहरुले जापानमा कार्यालय स्थापना गरेमा उपभोक्ताहरुलाई कुनै समस्या पर्दा उजुरी गर्न सजिलो हुने र उपभोक्ताको सुरक्षाको लागि त्यस्ता कम्पनीको सही रुपमा दर्ता आवश्यक हुने जापान सरकारको भनाई छ ।जापानको कर्पोरेट कानूनले पनि मुलुकमा निरन्तर रुपमा व्यवसाय गरिरहेको विदेशी कम्पनीले अनिवार्य रुपमा जापानमा कार्यालय विश्वव्यापी मुख्यालय दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । तर धेरै प्रविधि कम्पनीहरुले भने आफुहरुले केवल इन्टरनेटको माध्यमबाट सेवा प्रदान गरिरहेको हुँदा जापानमा मुख्यालय आवश्यक नपर्ने बताउने गरेका छन् भने कतिपयले केवल जापानसँग सम्बन्धित युनिटमात्रै दर्ता गरे पुग्ने दाबी गर्दै आएका छन् ।

आफ्नो मुलुकमा कार्यालय स्थापना नगर्ने विदेशी कम्पनीहरुमाथि जापानले जरिवाना गर्ने निर्णय गरेपछि फेसबुक, ट्वीटर तथा गुगल लगायतका कम्पनीले जापानमा मुख्यालय स्थापना गर्ने सम्भावना भने कम छ । किनकी त्यस्तो जरिवाना खासै उल्लेख्य छैन । जापान सरकारले त्यस्ता कम्पनीहरुमाथि १० लाख येन अर्थात् करीब ७ हजार ४ सय डलर मात्र जरिवाना गर्नेछ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै