Mar 31, 2023
बुटवल । अर्घाखाँचीको सितगंगामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मंगलबार शितगंगा–१४ सालझण्डीतर्फ आउँदै गरेको लु १ ज १९४८ नम्बरको जीप करेचुली भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
भित्रि कच्ची सडकमा ओरालोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सितगंगा नगरपालिका–१४ का ४३ वर्षीय नन्द बहादुर घर्ती र सोही ठाउँकै ४० वर्षीया मनुकला दलार्मीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कपिलबस्तु एक अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
प्रतिकृया दिनुहोस्