२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर ९,

Advertisement

ग्लोबल आवाज

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित तिलोत्तमा माध्यमिक विद्यालयमा जिल्लामै पहिलो पटक प्राविधिकतर्फ अटोमोवाइल्स कक्षा सञ्चालनमा आएको छ । विद्यालयमा २४ जना विद्यार्थीका लागि सो विषयमा अध्ययन गर्न कोटा रहेकोमा २२ जना विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले बताए । साधारण विषयतर्फ ४ सय ८३ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको यस विद्यालयमा प्राविधिक विषय सञ्चालन गर्नका लागि ३ वटा अत्याधुनिक भवन निर्माण गरिँदै छ ।

विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्नका लागि साढे ७ करोड रुपैयाँको दिर्घकालिन गुरुयोजना निर्माण भई डिपीआर समेत तयार भएको छ । ७८ लाखको लगानीमा बन्ने भवनमा ड्राइभिङ सेन्टर, एक करोड १८ लाखको लागतमा प्रयोगात्मक सेन्टर तथा एक करोड २८ लाखको लागतमा प्रयोगात्मक अभ्यास कक्षा निर्माण हुन लागेको वडा नम्बर ३ का अध्यक्ष प्रेम प्रसाद पाण्डेले जानकारी गराए । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार विद्यालयमा प्राविधिक कक्षा सञ्चालनको लागि पहिलो चरणमा ५० लाख रुपैयाँ विनियोजन गरिएको बताए । यस वर्ष पहिलो भवन निर्माण गरिने र अर्को वर्ष प्राविधिक तहको शिक्षाका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने र भवन निर्माण गर्ने उनले बताए । जसबाट व्यवस्थित रुपमा प्राविधिक शिक्षा प्रदान गरिने छ ।

यसैबीच विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक संकलनार्थ महायज्ञ सञ्चालन गरिँदै छ । वडा नम्बर ३ अध्यक्ष पाण्डेको संयोजकत्वमा गठिन महायज्ञ आयोजना समतिले तयारीलाई तीब्रता दिएको छ । यहि मंसिर ११ गते देखि १८ गते सम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक एवम् शैक्षिक महोत्सव गर्न लागेको उनले जानकारी दिए । एक करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको महायज्ञबाट एक करोड रुपैयाँ बचाउने र सोहीबाट नै विद्यालयमा प्राविधि शिक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ । महायज्ञमा पहिलो दिन कलस सोभा यात्रा र महायज्ञको उद्घाटन, दैनिक संगीतमय कथा प्रवचन र झाँकीहरु, दैनिक २ बजेदेखि ३ बजेसम्म दानविरहरुलाई सम्मान, प्राविधिक शिक्षाको महत्व विषयक प्रेरणादायी प्रवचन पुष्पाञ्जली तथा गुरुको बाहुलीबाट टिका ग्रहण, भजन कृतन, तुलादान, पीतृ मोक्ष आकाशदिप प्रज्वलन लगायतका कार्यक्रमहरु रहने महायज्ञ मूल आयोजक समितिका संयोजक प्रेमप्रसाद पाण्डेले बताए । महायज्ञमा हालसम्म ५४ लाख रुपैयाँ सहयोग गर्ने आवश्वासन आएको उनले बताए ।

विद्यालयमा जिल्लामै पहिलो पटक अटोमोवाइल्स शिक्षा सुरु गरिएको बताउँदै विद्यालयका प्रध्यानाध्यापक झविन्द्र ज्ञवालीले यो विषय पढ्न एसइइमा इ ग्रेड ल्याउनेले अवसर पाउने बताए । उक्त विषय पढ्का लागि भर्ना शुल्क ५ हजार र १८ महिने कोर्सका लागि ६५ हजार शुल्क लाग्ने उनले बताए । यो विषय ७५ प्रतिशत प्रयोगात्मक हुने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने