ताजा अपडेट »

'पत्रकार आवाज विहीनको सारथी बन्नुपर्छ'

विहीबार, ०२ असार २०७९, १९ : १३
12 Shares

जुम्ला । जुम्लाका पत्रकार आवाज विहीनको आवाज बन्नुपर्ने आम सञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक युवराज शर्माले बताए । उनले सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा अधारभुत पत्रकारिता सम्बन्धित तालिम यस्तो बताएका हुन् । 

उनले पत्रकारितामा अवसर र चुनौती दुवै भएको बताए । पत्रकार नागरिकलाई सुसूचित बनाउने र सरकारी निकायलाई जवाफदेही तथा जिम्मेवार बनाउने निकाय भएको बताए ।

त्यस्तै जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले  जनताले सूचना नै पाएनन् भने  पत्रकारले लेखेको औचित्य नहुने बताइन् । उनले नागरिकको आवाज रेडियोले सशक्त रूपमा उठाउनुपर्ने धारणा राखिन् ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।