ताजा अपडेट »

तिलोत्तमा एफएम चौथौ वर्षमा, अवसर र चूनौती बारे अन्तरक्रिया

बुधबार, ०१ असार २०७९, १४ : ५४
26 Shares

तिलोत्तमा । तिलोत्तमा एफ एमको चौथो वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रम बुधबारबाट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज ‘तिलोत्तमाका सञ्चार मध्यमका अवसर र चूनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आज तिलोत्तमामा सम्पन्न भएको छ । तिलोत्तमा एफ एमको चौथो वार्षिक उत्सवको सप्ताहाब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रेस यूनियन रुपन्देहीकी अध्यक्ष तथा जनता टुडे अनलाइनकी संचालक रेखा भुसालले पत्रकार भइसकेपछि पार्टीगत रुपमा समाचार नलेखी तटस्थ भएर समाचार लेख्नुपर्ने कुरामा जोड दिइन् । उनले पत्रकारिताको नियममा रहेर समाचार लेख्ने हो भने विश्वसनियताका साथै सञ्चार क्षेत्रमा चूनौतीसँगै अवसर पनि रहेको बताइन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सञ्चार माध्यमहरुलाइ विभेद भैरहेको बताउँदै यस्तो हुन नहुने बताए । उनले स्थानीय तहको मुद्दामा सञ्चार माध्यमहरुले सहकार्य गरेर काम गर्नुपर्ने सुझाय ।

त्यस्तै रेडियो नमस्तेका स्टेशन म्यानेजर कमला पाण्डेले कार्यक्रममा बोल्दै नवनिर्वाचित जनप्रतिनिधिबाट सञ्चार माध्यमबाट भएका कमजोरी सच्चिने आशा ब्यत्त गर्दै सबै मिडियाले विकासको अवसर पाउनुपर्ने कुरामा जोड दिइन्। कार्यक्रमको सन्चालन तिलोत्तमा एफ एमका स्टेशन म्यानेजर टिकाराम घिमिरेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।