२१ असार २०७९, मंगलवार

Jul 5, 2022

सैनामैना । सैनामैना–१ रानीबगियास्थित लिटिल बर्डस् इङलिस स्कूलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वार्षिक नतिजा प्रकाशनको अवसरमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७८ मा पि. जि देखि कक्षा ९ सम्म प्रथम, द्वितिय तथा तृत्तीय स्थान हासिल गर्न सफल विद्यार्थिहरुलाई पुरस्कृत गर्नुका साथै विविध सांगितिक प्रस्तुतिहरु समेत देखाइएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पे्रम कुमार शर्माको सभापतित्व, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम बहादुर थापाको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु मोति प्रसाद राना, तिलक थापा, राजन अर्याल तथा विद्यालयका प्राचार्य श्रवण कुमार गौतम, सह प्राचार्य शुरेस पौडेलको आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्याम बहादुर थापाले विद्यालयको लामो शैैक्षिक इतिहासमा धेरै प्रगति भएको र विद्यालयको भौतिक तथा प्रशासनिक उपलब्धि पनि निकैैनै उत्कृष्ट रहेको जानकारी दिए । उनले थपे ‘विद्यालयले स्थानीय स्तरमा निकैनै गहिरो छाप छोड्न सफल भएको छ ।’

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य श्रवण कुमार गौतमले नया“ व्यवस्थापन सहित विशेष रुपमा बाल केन्द्रित, प्रविधियुक्त सिकाइमा जोड दिँदै आएको विद्यालयले निकट भविष्यमै उच्च शिक्षा अन्तर्गत स्नातक तहका कार्यक्रमहरु पनि सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रम बिहान ११ बजेसम्म सञ्चालन भएको थियो । सुरेश पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय विनोद के.सी र अनिश भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ काठमाडौँमा थप दुई जनामा हैजा बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने