१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा नेकपा एमालेका मन्जित कुमार यादव (सोनु) विजयी भएका छन । सोनुले ४ हजार ८ सय ३२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका तिलक सिंह कोइरालाले ३ हजार १ सय २९  मत प्राप्त गरे ।

Advertisement

यस्तै जसपाका चन्द्रभान चौधरीले २ हजार ८ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी सुनिता चौधरी विजयी भएकी छिन । उनले मत पाउदा उनको निकटतम प्रतिद्धन्द्धी राप्रपाकी चित्ररेखा थारुले मत पाएकी छिन ।

यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर १ मा राप्रपाका बेल बहादुर बराल मगर १ हजार ७ सय ३८ मत सहित वडा अध्यक्षमा विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रन बहादुर थापा मगरले ६ सय ६६ मत प्राप्त गरे । वडा नम्बर २ मा कांग्रेसका शितल जिटी ८ सय ६१ मत ल्याई विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका रामु काफ्लेले ६ सय ३६ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा पनि कांग्रेसका प्रकाश सिंह विजयी भएका छन । सिंहले ६ सय ७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका चन्नर प्रसाद अहिरले ५ सय ७३ मत प्राप्त गरे । वडा नम्बर ४ मा नेपाली कांग्रेसकै अखिलेश्वर कुमा पाण्डे ९ सय २५ मत ल्याई वडा अध्यक्षमा विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एसका बेचुराम कलवारले ८ सय १६ मत प्राप्त गरे ।

वडा नम्बर ५ मा पनि कांग्रेसकै मदन प्रसाद पोखरेल विजयी भएका छन । पोखरेलले ९ सय १६ मत पाउदा निकटतम प्रतिद्धन्द्धी ओम प्रकाश चौधरी कुर्मिले ६ सय ९७ मत पाए । यस्तै वडा नम्बर ६ मा माओवादीका  शिव कुमार धवल ७ सय ७२ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका मुन्सी थारुले ७ सय ५३  मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु