ताजा अपडेट »

एमाले अध्यक्ष ओली अस्वस्थ

बुधबार, ०४ जेठ २०७९, २१ : २४
8 Shares

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। दाँतमा समस्या देखिएपछि चिकित्सकहरुको सल्लाह बमोजिम अध्यक्ष ओली मंगलबार अस्पताल गएका थिए।

ओलीलाई चुनावअघि नै दाँतको उपचार गर्न चिकित्सकले सुझाव दिएका थिए। ओलीले व्यस्तताको कारण उपचार गरेका थिएनन्। बुधबार उनको स्वास्थ्यमा सुधार आएको बताईएको छ।

अस्वस्थताकै कारण पुर्वनिर्धारित कार्यक्रममा समेत मंगलबार यता सहभागी हुन सकेनन्। मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओली सहभागी भएका थिएनन्। भने दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।