ताजा अपडेट »

बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु

बुधबार, ०४ जेठ २०७९, २१ : १६
4 Shares


बुटवल । बुटवलको कालिकानगरमा भएको मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ ।  गुल्मी रुरुक्षेत्र  १ स्यालपाेखरी पिपलमुनी घर भइ बुटवलमा बस्दै आएका ४० वर्षीय बसन्त ज्ञवालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

बुटवल उपमहानगर पालिका वडा नं १० कालिकानगर स्थित भित्रि सडक खण्डमा बुधबार दिउँसो उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सो मोटरसाइकल आँफै अनियन्त्रित भई सडकमा पल्टिँदा उनको मृत्यु भएको प्रहरी प्रमुख केसीले बताए । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।