१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

चितवन । चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

Advertisement

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको थियो । अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो ।

गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मत अन्तरले निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली (कांग्रेस)की गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन् ।

गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन् । तर, उनी सफल हुन सकिनन् । उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन् ।

सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र)का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन् । गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन् ।

इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एक/एक वडा जिते । इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो ।

वडाहरुको नतिजा यस्तो छ

इच्छाकामना गाउँपालिका-१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर (६३९) निर्वाचित भए । एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याए पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । गिरी १० मतान्तरले पराजित भए । उनी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यहरूमा सबै एमालेका उम्मेदवार निर्वाचित भए । 

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो । अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे । 

इच्छाकामना–३ को अध्यक्षमा एमालेका नरबहादुर नेपाल निर्वाचित भए । नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए । 

इच्छाकामना–४ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा रुद्रप्रसाद उप्रेती ८५८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका होमबहादुर सिलवालले ६९८ मत प्राप्त गरे । उप्रेतीले सिलवाललाई १६० मतान्तरले पराजित गरेका हुन् ।

इच्छाकामना–५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा तेजबहादुर शेरचन ७५२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जितबहादुर थापा मगरले ३८४ र कांग्रेसका मोदराज सिलवालले २१३ मत मात्रै प्राप्त गरे ।

इच्छाकामना–६ मा पनि एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका लक्ष्मण प्रजा ७९७ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका विराज गुरुङले ५७६ मत मात्र प्राप्त गरे ।

इच्छाकामना–७ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसका बमबहादुर थापा मगर १२ सय ६ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका बोधबहादुर गोलेले एक हजार ९६ मत ल्याए ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु