१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । २५ सय ६६ औँ बुद्ध जयन्तिको अवसरमा बुटवल लेडी जेसिजले पवित्र बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्यो । बुटवल–३ सिद्धबाबा धाममा रहेको बुद्ध स्तूपमा बिभिन्न सजावटका साथ स्तुपाको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

दिप प्रज्वलन कार्यक्रमको उदघाटन युवा प्रवचक योगगुरु गम्भीर श्रेष्ठले गरेका थिए । कार्यक्रममा योग गुरु गम्भीर श्रेष्ठले योग,ध्यान र बुद्धका मन्त्र तथा वाणी प्रवचन गरे। कार्यक्रममा विचार प्रवाह गर्दै जगरण अभियान समेत चलाई रहनु भएका युवा योग गुरु श्रेष्ठले विश्व शान्तिका अग्रदुत गौतम बुद्धका महान वाणिले मानिसको जीवनमा ठुलो महत्त्व राख्ने बताउँदै अप्पो दिपो भवको महान वाणिले मानवको जीवनमा ठुलो परिवर्तन ल्याउने बताए ।

शान्तिका अग्रदुत गौतम बुद्धको शान्तिभुमी लुम्बिनी क्षेत्र भित्रै कृयाशिल सामाजिक संस्था बुटवल लेडी जेसीजले सिद्धबाबा धाम दर्शन गर्न आउने भक्तजनको समेत ध्यान जान नसकेको बुद्ध स्तूपमा सबैको ध्यानाकर्षणका गराउँदै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उदेश्यले बुद्ध जयन्तीको अवसर पारेर यो ठाउँमा कार्यक्रमको आयोजना गरेको बुटवल लेडि जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठले बताइन् । आगामि दिनमा मुख्य मन्दिर मात्र नभई बुद्ध धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्र बन्न र बनाउन सकिने स्तूपलाई अझ रंग रोगन र सजावट गरि आकर्षक बनाउन पहल गरिने अध्यक्ष जेसी श्रेष्ठको भनाई छ।

कार्यक्रममा नेपाल जेसीजका कार्यसमिती सल्लाहकार सिनेटर राधिका पोखरेल,सिद्धबाबा धामका अग्रज मुख्य पूजारी यमलाल उपाध्याय, सिद्धबाबा धाम बिकास सञ्चालक समितीका पदाधिकारीहरु, सामाजिक व्यक्तित्व, अभिभावक एवं सदस्यहरुको सहभागीता रहेको थियो । योग तथा प्रवचन कार्यक्रममा स्वागत संयोजक सदस्य जेसी बिनुदेवी रिजाल ले गर्नुभएको थियो भने सभाध्यक्ष जेसी अनुपमा श्रेष्ठले धन्यवाद संगै कार्यक्रम समापनको घोषणा गरेका थिए । कार्यक्रमको संचालन बुटवल लेडी जेसीजका महासचिव जेसी संगीता ढकालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता