१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाडौं ।  जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिएका हुन्।

चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ । 

भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए । तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नाे दायित्वमा राख्नुपर्ने भट्टराईले बताए । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम