१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । कालिका मानवज्ञान माबी बुटवलमा ४ दिने शिक्षक पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालिममा वार्षिक कार्ययोजना निर्माण, शैक्षिक सामग्री निर्माण र संकलन तथा विद्यार्थी मुल्यांकन विधिको बारेमा विषयगत र सामुहिक प्रशिक्षण दिइएको थियो । नयाँ पाठ्यक्रमले शिक्षणमा ब्यवहारिक र सामुहिक क्रियाकलापलाई जोड दिएकोले परिवर्तन परिवेशअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सिकाईमा आधारित तालिम संचालन गरिएको तालिम संयोजक ईबराज तिवारीले बताए ।

शिक्षण गर्दा देखापर्ने समस्याहरू समाधान गर्न, विद्यार्थीमैत्री शिक्षण पद्धति अपनाउन, कक्षाकोठालाई बालमैत्री बनाउनको लागि अनुभव र सिकाई आदानप्रदान गर्नको लागि हरेक वर्ष शैक्षिकसत्रको शुरुमा शिक्षक पुनर्ताजगी तालिम संचालन गर्दै आएको कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापा बताउँछन्। यस्ता तालिमले परिवर्तित वातावरणमा उपयुक्त शिक्षण विधिको छनौट गर्न, शैक्षिक सामग्रीको निर्माण र संकलन गर्न मद्दत पुग्ने उनको भनाई छ ।

तालिममा शिक्षकहरुलाई विषयगत रुपमा विद्यालयका विषय प्रमुखहरुले पाठयोजना निर्मान, शैक्षिक सामग्री निर्माण र विद्यार्थी मुल्यांकनको बारेमा र शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य , अरुण क्षेत्री र घनश्याम पाठकले शिक्षण पद्धति , कक्षाकोठा ब्यवस्थापन र उत्प्रेरणाको बारेमा प्रशिक्षण दिएका थिए । तालिममा ” सिङ्गो बुटवल एक विद्यालय ” कार्यक्रम अन्तर्गत कालिका मानवज्ञान माबिको अभिभावकत्वमा रहेका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु