१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् ।प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् । 

‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने । प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।  

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु