६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

न्युयोर्क । सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।  हावा, पानी र माटोमा मानवका कारण उत्पनन फोहोरले विरलै मानिसलाई तत्काल मार्छ । तर, यसले  हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउछ ।

Advertisement

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ । ‘प्रदूषण मानव स्वास्थ्य र ग्रह अस्तित्वमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’, अध्ययनमा भनिएको छ । 


‘यदि हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौंँ’, रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने । रसयानिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी चीजहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे ।
समग्रमा विश्वव्यापी रूपमा ६ जनामा एक जनाको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अन्वेषकहरूले बताएका छन् ।

दक्षिण र पूर्वी एसियामा औधोगिकरणसँग जोडिएको अकाल मृत्यु भने बढेको विज्ञहरुले बताएका छन् । लेन्सेट प्लेन्टरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा व्यापक वायु प्रदूषणले ४५ लाखको ज्यान गएको थियो । जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो । रासायनिक प्रदूषण पनि बढ्दै गएको छ ।  सिसाको विषाक्तताले मात्र ९००००० जनाको मृत्यु भएको छ ।

सन् २०२१ मा अल्जेरियाले पेट्रोलमा लिडमाथि प्रतिबन्ध लगाएका थियो । यस्तो प्रतिबन्ध लगाउने उ अन्तिम देश हो । तर, लिड–एसिड ब्याट्री र विद्युतीय फोहरको अनियमित पुनप्र्रयोगका कारण मानिसहरू विषाक्त पदार्थमा निरन्तर ‘एक्सपोज’ भइरहे ।  यसमा दूषित मसला पनि जिम्मेवार छ ।-एजेन्सी 
 

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार