ताजा अपडेट »

'हिंसा र असमानता विरुद्ध पत्रकार महिलाहरुले लेख्नुपर्छ'

शनिबार, १० बैशाख २०७९, १७ : ५३
2 Shares


बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दुषित बनाएको बताउँदै उहनले यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने सुझाव दिए।

संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिमको अवसरमा आयोजना गरेको आम सञ्चार र पत्रकार महिलाको क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् ।

उनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनुगौरवको विषय भएको बताए । उनले पेशामा स्थापितहुनपत्रकार महिलाहरुले पनि सीप र क्षमता बढाउदै जानु पर्ने सुझाव दिए। पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले समेत लगानी गर्नुपर्ने उनले बताए।

कार्यक्रममा बोल्दै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताइन् । संचार माध्ययममा महिला भएभने मात्रै आवाजविहीनहरुको आवाज उठाउन र महिलाहरुका आवाज बुलन्द पार्न सजिलो हुने उनले बताइन् । उनले संविधान अनुसार शाशनसत्तादेखि सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिलामैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गरिन् । विषयगत ज्ञान र व्यवसायिक सीप बढाउने विषयमापत्रकार महिलाहरुलाई सरकारले सधै सहयोग गरिरहने बताउँदै उनले यसले लैंगिकमैत्री समाचार संपे्रषण हुने अपेक्षा गरेको बताइन् ।

कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले यो वात्यो ढंगमा पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउँदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गरिन् । गठबन्दनका नाममा स्थानीयतहमाप्रमुख र उपप्रमुखमध्ये एक महिला हुने अवसर खोसिनलागेको बताउँदै उनले यस्तो हुननदिनपत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् ।

कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारे जानकारी गराइन् । उनले प्रदेश सरकारले हरेक बजेटलाई लैंगिकमैत्रीबनाउन पछिल्लो समयमा सरोकारवालासंग छलफल समेत थालेको बताइन्।

तालिम सहजीकरण गर्दै वरीष्ठ पत्रकार संचारिका समुह नेपालकापूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीयतहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गरिन् । उनले व्यवसायीक सीप र क्षमता बढाउँदै पत्रकार महिलाहरु प्रतिष्पर्धामा उत्रिरहेको बताइन् । उनले पुरुषको तुलनामामहिला स्थापितहुन समस्या र चूनौती हुनेभएपनि त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिइन् ।

पत्रकार इन्दिरा अर्यालले रेडियोमा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गरिन् । उनले रेडियो अन्तरवार्ता र रिपोर्टहरुमा कस्ता विषय छनोट गर्ने र त्यसलाई कसरी बनाउने भन्नेबारे सिकाइन् ।

स्वास्थ्य निर्देशनालयका फोकलपसर्न कौशलराज भण्डारीले प्रजजन स्वाथ्य, परिवार योजना र सुरक्षित मातृत्वबारेमा सहजीकरण गरेका थिए । त्यस क्रममा प्रदेश सरकारले गरेका प्रजनन स्वास्थ्य र त्यसकाक्रियाकलाप, स्वास्थ्य संरचनालगायतकाबारेमा प्रष्टाए । प्रजनन स्वास्थ्यमहिलाको मौलिकहकहो तर त्यसका पूर्ण कार्यान्वयनगर्न अझै नसकिएको उनले बताए।

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमबारे कसरी समाचार बनाउन सकिन्छ भन्नेबारेमा सहजीकरण गरिन् । उनले प्रदेश स्थापनादेखि ४ वर्ष बित्दासम्म धेरै काम गरेपनितिनलाई संचारमाध्ययममाल्याउननसकिएको बताउँदै अब पत्रकार महिलाले पनि कलम चलाउनुपर्ने बताए ।

संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लैंगिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन् । तालिममा लुम्बिनी प्रदेशको साविक लुम्बिनी अन्चलका ६ जिल्लाका ६ जिल्लाका ५ दर्जन बढी पत्रकार महिलाहरु सहभागी भएका छन् । २ दिनसम्म संचालन भएको तालिममा विभिन्न विषय विज्ञहरुले सहजीकरण गरिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।