ताजा अपडेट »

आजदेखि कृषि गणना, ४५ दिनसम्म चल्ने

मंगलबार, ०६ बैशाख २०७९, १० : १९
2 Shares

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आज मंगलबारदेखि देशभर कृषि गणना सुरु गर्दैछ । सातौँ कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएकाे केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएकाे छ ।

 पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुनेछ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ । 

कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको

यसअघि २०६८ मा कृषि गणना भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।