१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022


बुटवल। जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कमिटी विस्तार भएको छ । गाउँपालिका कार्यसमितिको शुक्रबार बसेको बृहत बैठकले तौलेश्वर लोधको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीसति २५ सदस्यीय गाउँपालिका कमिटी विस्तार गरेको हो ।

Advertisement

बैठकले सोमनाथ पाण्डेय एवं हरि प्रसाद पाललाई उपाध्यक्षमा, तुलसीराम यादव सचिव, विपिन कुर्मी एवं सुमित्रा कहार सहसचिव तथा कञ्चन थारुलाई कोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरी बैठकले रामजीत लोध, फौदार यादव, जित बहादुर घर्ती, सुमित्रा बिक, जयशंकर पाठक, बाबुराम पाल, राम बहादुर विक, पोलिन्द्र पटेललगायतलाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।

बैठकले नेपाली काँग्रेस परित्याग गरी जसपा प्रवेश गरेका नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरथरी यादवको संयोजकत्वमा ५ सदस्यीय संरक्षक सल्लाहकार समितिसमेत गठन गरेको छ । गाउँकमिटी अध्यक्ष तौलेश्वर लोधको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीको प्रमु्ख आतिथ्यतामा सम्पन्न बैठकले आउँदो स्थानीय तह निर्वाचन लक्षिण रणनीतिहरु तय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले जसपा नेपालले देशको भौगोलिक बनावट जस्तै तराई मधेशको समथर भूमिलाई आधार बनाएर पहाड हिमालको यात्रा गर्ने उद्देश्य राखेको बताउँदै यो मुलुकको भौगोलिक जस्तै भाषिक, जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई एउटै मालामा उनेर राष्ट्रिय एकता कायम गरी समृद्धि र उन्नति ल्याउनुनै जसपाको मूल लक्ष्य रहेको बताए ।

बैठककमा पार्टीका रुपन्देही जिल्ला अध्यक्ष पदम बिक, ऋषि पाठक, भरथरी यादव, सोमनाथ पाण्डेयलगायतले सम्बोधन गर्दै आगामी चुनावमा जसपा नेपालले शुद्धोधनमा विजयीको नयाँ इतिहास बनाउने विश्वास व्यक्त गरे । 

प्रतिकृया दिनुहोस्

Flash News

अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने