ताजा अपडेट »

नेपाल ईट्टा उद्योगको अध्यक्षमा शंकर बहादुर चन्द

शुक्रबार, २५ चैत्र २०७८, १४ : ४४
38 Shares

भैरहवा । नेपाल ईट्टा उद्योग महासंघको केन्द्रिय अध्यक्षमा शंकर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । बिहिबार भैरहवामा सम्पन्न महासंघको पाचौं महाधिवेशनले चन्दको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो ।

भैरहवाको बोधी रेडसन होटलमा सम्पन्न भएको पाचौं महाधिवेशन तथा तेहौँ राष्ट्रिय साधारण सभाले महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अवाल, प्रथम उपाध्यक्षमा विनय कुमार यादव र राजेन्द्र प्रसाद प्रजापति चयन गरेको छ । यसै गरि महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैनुल खाँ निर्वाचित भएका छन् । त्यसै गरि सहसचिवमा आशाराम फाँजु, रमेश खनाल, नागेन्द्र चौधरी र सह कोषाध्यक्षमा लक्ष्मी प्रसाद त्वानावासु, बाबुराम पाठक, राम विनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको सदस्यहरुमा गोविन्द राम पन्थ, एकराज गजुरेल, टंक बहादुर बुढा, राम आशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दिप बहादुर ऐर र शिवशंकर महतो निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन पछि भैरहवामा सम्पन्न पत्रकार सम्मेलनको आयोजना गर्दै नवनिर्वाचित अध्यक्ष शंकर बहादुर चन्दले पराम्परागत ईटा उद्योगलाई ब्यस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिले नेपालमै ईटा उद्योगको लागी दक्ष कामदारको अभाव रहेको बताउदै यो अभाव चिर्न महासंघले सिटिईभिटीको सहयोगमा आफ्नै पाठ्यक्रम तयार गरि दक्ष कामदार उत्पादन गर्ने प्रक्रिया सुरु गरिने जानकारी दिए । “केही दिनमै नेपालको मध्य भागमा कतै आफ्नै ईन्सिटिच्युट तयार गरि बिशेष गरि फायर मास्टर एवम अन्य सबै क्रियाकलाप बारे तालीम सञ्चालन गर्दैछौं ।” चन्दले भने “ सो संस्थामा ७० प्रतिशत प्रयोगात्मक बिधि अपनाएर नेपालमा आवश्यक दक्ष कामदार उत्पादन गर्नेछौं ।”

पराम्परागत ब्यवसायको रुपमा रहेको इटा उद्योगमा अहिले सरकारको तिनै तहबाट उपेक्षित हुदै गईरहेको बताउदै चन्दले उद्योगमा बैंकले समेत लगानी गर्न आनाकानी गरिरहेको गुनासो सुनाए । माटोको ईटालाई पोलेर बनाईने यो उद्योग बेमौषमी बर्षाले सबै भन्दा बढी नोक्सान गर्ने गरेको उनको भनाई छ । काँचो ईटाको लागी पटक पटक बीमाको प्रयास भए पनि अहिले सम्म त्यो सफल हुन नसकेको र आफ्नो कार्यकलामा बीमाको पहल गरिने उनले बताए ।

२०६४ सालमा स्थानिा भएको नेपाल ईटा उद्योग महासंघमा नेपाल भरिका करिब १ हजार २ सय ईटा उद्योगमा २५ वटा ईटा संघ आवद्ध रहेको उनले जानकारी दिए । चैत्र २१ र २२ गते भैरहवमा सम्पन्न पाचौं महाधिवेशन तथा तेहौँ राष्ट्रिय साधारण सभामा नेपाल भरिका करिब ३ सय प्रतिनिधि सहभागी रहेका थिए । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मूख्यमन्त्री कुल बहादुर केसीले गरेका थिए । लुम्बिनी ईटा उद्योग ब्यवासयी संघ रुपन्देहीको संयोजनमा महाधिवेशन सम्पन्न भएको थियो ।

लुम्बिनी ईटा उद्योग ब्यवासयी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा शुक्रबार भैरहवामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन संघका महासचिव अजय कुमार गुप्ताले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।