ताजा अपडेट »

चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

शुक्रबार, २५ चैत्र २०७८, १३ : २९

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो । बैठकमा सहभागि एक नेताका अनुसार रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलले अहिले त्यसको तयारी गरिरहेको छ । एक दुई दिनभित्रै वक्तव्य आउने बताइएको छ । बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल पनि भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।