ताजा अपडेट »

लुम्बिनी-दार्जिलिङ पत्रकार भेटघाट, सहकार्यमा जोड

शनिबार, १९ चैत्र २०७८, ०८ : ०७
4 Shares

दार्जिलिङ (भारत) । भैरहवामा कृयाशिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र दार्जिलिङको दार्जिलिङ प्रेस गिल्डबीच अन्तरकृया एवम् भेटघाट सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै दार्जिलिङ प्रेस गिल्डका छिरिङ शेर्पाले दुई देश बीच रहेको सम्बन्ध आउने दिनमा थप प्रगाढ बनाउँदै लैजाने र यसमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

पत्रकारितामा नेपाल र दार्जिलिङ बीच ठोस रुपमा पहल नभएको अवस्थामा अबको अवस्थामा दुबै क्लबमार्फत त्यो दुरि घट्ने अपेक्षा गरिएको छ ।पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दार्जिलिङ प्रेस गिल्डका अध्यक्ष रबिन राइले नेपाल र दार्जिलिङको सम्बन्ध धेरै पुरानो रहेको भए पनि पत्रकारको सम्बन्ध अहिलेसम्म नबनेको बताए ।

यस्तो अवस्थामा यो भेटघाटले दुई देशका पत्रकार बीच सम्बन्ध बलियो हुने बताए । उनले दुबै देशका पत्रकारहरु बिच आपसी सहकार्य गरि दुई देशमा पत्रकार बिच पर्ने समस्याहरु समाधान पनि हुने जनाए ।

लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले दार्जिलिङ र नेपालको साहित्य, कला एवम अन्य धेरैमा समानता रहेको तथा अहिलेको भेटघाटले आगामी दिनको सम्बन्ध थप बलियो बनाउने बताए । यसको लागि नेपाली र दार्जीलिङका पत्रकारहरुबीच सहकार्य आवश्यक रहेको बताए ।

यस्तै क्लबका अध्यक्ष नरेस केसीले पत्रकारको यो भेटघाट महत्वपूर्ण रहेको बताए । उनले दार्जिलिङ र नेपाल बिच भाषा, साहित्य र अन्य बिधामा प्राचीन समयदेखि नै मधुर सम्बन्ध रहेको बताए । दार्जीलिङ भ्रमणले अपनत्व प्रदान गरेको र सिक्किमबाट नेपालले पनि धेरै कुराहरु सिक्नु पर्ने धारणा राखे । उनले दुबै क्लब बीच भगिनी सम्बन्ध राख्न प्रस्ताव समेत गरे । अध्यक्ष केसीले आगामी बुद्ध जयन्तीमा दार्जीलिङ प्रेस गिल्डलाई आमन्त्रण समेत गरे ।

कार्यक्रममा दार्जिलिङ प्रेस गिल्डका पदाधिकारीका साथै स्थानीय पत्रकार एवम् भारत भ्रमणमा रहेका लुम्बिनी प्रेस क्लबका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।