ताजा अपडेट »

चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ : विष्णु पौडेल

सोमबार, १४ चैत्र २०७८, १६ : ०६
27 Shares

भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् । नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले साेमबार आयोजना गरेकाे प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेकाे दावी पनि गरे ।

नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेकाे हाे । 'त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ ।' उनले भने ।

उनले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार अत्तेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।