ताजा अपडेट »

प्रेस युनियन रामधुनी नगर कार्यसमिति विस्तार, संयोजकमा आचार्य 

सोमबार, ०७ चैत्र २०७८, २२ : १४
4 Shares

सुनसरी । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार  नेपानी काङ्ग्रेस रामधुनीको पाटी  कार्यालयमा बसेको बैठकले रामधुनी समितिलाई पूर्णता दिइएको हो । समितिको संयोजकमा बिनोद आचार्य  चयन भएका छन् । यस्तै सह संयोजकमा सुमन भट्टराई  चयन हुँदा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः हेमन्त चौधरी , सरोज राउत र होम कुमारी चौधरी चयन भएका  छन् ।

उक्त कार्यसमितिको सदस्यहरूमा मानिस चौधरी , मान्यता साह, कृष्ण सरदार, रेनु राई , हिना चौधरी ,संगीत चौधरी, भुपाल खतिवडा, निसान  राइ,  ज्वती पोखरेल, र बिजय राईएलएन गच्छदार, रविन राउत चयन भएका छन् । भने  सल्लाहकारमा राम  कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमाला चौधरी , रामन्द चौधरी  चयन भएका छन् । 

कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए । प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ । 

उक्त  कार्यक्रमका प्रमुख अथिथी नेपानी काङ्ग्रेस रामधुनीका   सभापति  सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई  पाटीले  गर्ने सहयोग र सहकार्यमा कुनै  पनि कमि नहुने  बताए। पत्रकार हरु राष्ट्रको चौथो अङ्ग भएकाने  स्थानीय स्थरमा  हुने  गरेको विभिन्न  प्रकार्को गतिबिधीलाई  निगरानी गरि    समाचार लेखन  आग्रह समेत गरे ।   

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी कर्यसमिती का  सचिव महेस कुमार चौधरी, वडा न  १ का वडा सदस्य देबराज  पोखरेल, प्रेस युनियन सुनसरीका  उपद्याछ सन्जिप वाग्ले , जिल्ला  सदस्य बिबेक बिबस रेग्मी  लगाएतको उपस्तिथि रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।