Jun 9, 2023
सन्धिखर्क । ‘घर–घर जाऔं कांग्रेस जिताऔं’अभियान अन्र्तगत शनिबारअर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले अबको चुनाबमा नेपाली कांग्रेसले देशभरिबाट नै व्यापक जनमत ल्याउने जिकिर गरेका छन् ।
देशका हरेक राजनैतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्दै आएको र अबको जिम्मेवारी पनि कांग्रेसकै काधमा रहेको बताएका छन्। संसदबाट भर्खरैमात्र अनुमोदन भएको एमसीसी नेपाल र नेपालीको पक्षमा भएको बताउँदै यसका बारेमा टीका टिप्पणी गरेर समय खेर फाल्नु मुर्खता भएको समेत बताएका छन् ।
अभियानकै रुपमा संचालित चुनावी उक्त कार्यक्रममा नेपाली कांग्रेस, अर्घाखाँचीका प्रतिनिधि एवं मालारानी गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।नेपाली कांग्रेस मालारानीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्