ताजा अपडेट »

युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

शनिबार, ०५ चैत्र २०७८, ०८ : ३५
10 Shares

काठमाण्डौं । संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।

यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ। ती मध्ये मारियुपोल सामेल छ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।