२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

मकवानपुर । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमामा भएकाे दुर्घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो। बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ उद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए। उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए ।

दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ। घाइते ९ जनाको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ