१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

फाइल तस्वीर

दाङ ।  गर्मी र हावाहुरीको मौसम सुरु भएसँगै लुम्बिनी प्रदेशको दाङमा वन क्षेत्रमा आगलागीको जोखिम बढेको छ । विभिन्न उपाय अवलम्बन गर्दै आए पनि वर्षेनी वन क्षेत्रमा आगलागी हुँदै आएको छ । जिल्लाका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । 

Advertisement

बिहीबार डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग अन्तरक्रियाको क्रममा चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जनाएको छ ।

त्यस्तै, ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइको थियो । पछिल्लो ९ वर्षमा दाङको ६ सय १४ स्थानमा आगलागी हुँदा करिब ४३ हजार वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । कसैले वनमा आगो लगाएमा त्यस्तो कार्यलाई फौजदारी अपराधको रूपमा लिई वन ऐन २०७८ अनुसार ६० हजार सम्म जरिवाना, तीन वर्षसम्म कैद सजाय वा दुवै हुने व्यवस्था रहेको छ ।

यस्तै, जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम गरी वन कार्यालयले वन डढेलो नियन्त्रणको योजना सुनाएका थिए ।

जस अनुसार डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजन अधिकृत मोहन श्रेष्ठले जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रणका लागि कार्यालयले थालेको तत्कालीन र दीर्घकालीन योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार गर्ने, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कुल शिक्षा दिने, अग्निरेखा निर्माण र मर्मतलगायतका कार्यक्रम गरिने उल्लेख छ । वनमा डढेलो लगाइनुहुन्न भन्ने जनचेतनाको अभाव, वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नका लागि आगो लगाउनु, चोरी सिकारीका लागि जनावरलाई छेक्न र वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा र वन पैदावारको व्यवस्थापन हुन नसक्दा वन डढेलो लाग्ने गरेको श्रेष्ठले जानकारी दिए ।

सामुदायिक वनमा उपभोक्ता समूहले वैज्ञानिक वन बेवस्थापन खारेजीका कारण र आफ्नो वनको कार्ययोजना समयमा बन्न नसक्दा वनमा काम गर्न वन सुकेका काठ, पातपतिङर अस्तव्यस्त रूपमा रहने र त्यसको व्यवस्थापनका लागि काम नगर्दा वन डढेलोको जोखिम बढेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे