२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौं । विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । 

Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं रोल्पा माडी गाउँपालिका–१ का २९ वर्षीय अमृत थापा, रोल्पा माडी गाउँपालिका–४ का २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ नगरपालिका–८ का ३० वर्षीय रञ्जित कार्की, म्याग्दी बेनि नगरपालिका–५ का ३३ वर्षीय रामजी परियार, ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई र पाल्पा पूर्व खोला गाउँपालिका–५ का ३३ वर्षीय जिवन कुमार श्रेष्ठ रहेका छन् । 

यस्तै, रामेछाप गागल गाउँपालिका–८ का ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका–२ का रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका–४ का २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली दुधौली नगरपालिका–६ का २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ का २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका–४ का २४ वर्षीय मदन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ । उनीहरूमाथि किर्ते गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ