१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षदेखि सुरुवात भएको खोरेत रोग उन्मुलन अभियान यो वर्ष पनि जारी रहेको छ । सोही विषयमा पशुमा लाग्ने खोरेत रोग उन्मुलन सम्बन्धी बुटवलमा प्रादेशिक अन्तरक्रिया गरिएको छ । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा भएको कार्यक्रममा प्रदेशका भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, पशु क्वारेन्टाईन कार्यालय, स्थानिय तहका पशुपंक्षि विकास शाखा प्रमुुख तथा अगुवा किसान प्रतिनिधिहरुको सहभागीतामा अन्तरक्रिया गरिएको हो ।

Advertisement

लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमनशर्मा रायमाझीले खोरेत रोग निवारणको लागि लुम्बिनी प्रदेशको मात्रै नभएर देशभरीकै अभियान आवश्यक रहेको बताईन । उनले यसको लागि लुम्बिनी प्रदेशले पुर्ण खोप अभियानलाई निरन्तरता दिने समेत बताईन । कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. शान्ता कार्कीले खोरेत रोग निवारण अभियानलाई मन्त्रालयले अभियानको रुपमा अगाडी बढाएको जानकारी दिदै उच्च जोखिम रहेका जिल्लाहरुमा खोप अभियान जारी रहने बताईन ।

कार्यक्रममा पशुपंक्षि रोग अन्वेन्षण प्रयोगशाला कास्कीका प्रमुख डा. केदारराज पाण्डेले खोरेतको विद्यामान अवस्था, महामारी हुनबाट जोगिने उपाय र खोपको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पुशपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारीले प्रदेशको अवस्था, खोप अभियानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. परवेज आलमले प्रदेशमा खोप अभियान, हाल सम्मको उपलब्धीको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल लाईभस्टक एण्ड ईन्नोभेषन परियोजना बुटवल कलस्टर प्रमुख डा. गान्धीराज उपाध्याय, पशुपंक्षि क्वारेन्टाईन कार्यालय भैरहवा प्रमुख डा. भक्त न्युरे, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकी प्रमुख कमला अधिकारी, भैरहवा प्रमुख दिपक भुषाल लगायत, व्यवसायी बाख्रापालक किसान महासंघ नेपालका अध्यक्ष प्रेम सागर पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती