ताजा अपडेट »

पारसले छाडे राष्ट्रिय क्रिकेट टोलीको कप्तानी

मंगलबार, २८ असोज २०७६, १२ : ४४
10 Shares

असोज २८,
बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खड्काले कप्तानी छोडेको बताएका छन् । खड्का नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी मानिन्छन् ।

खड्काले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हादै आएका थिए । उनको कप्तानीमा नै नेपाल विश्वमा उदाहरणीय क्रिकेट टोलीको रुपमा उदाएको थियो । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको छ । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।