ताजा अपडेट »

आजकाे माैसम : लुम्बिनी प्रदेशमा आँशिकदेखि सामान्य बदली !

सोमबार, ०६ मंसिर २०७८, ०७ : १६
4 Shares

काठमाण्डौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।