ताजा अपडेट »

एकादशीमा पशुपतिमा टाँगियाे पवित्र ताेरण (फाेटाेफिचर)

सोमबार, २९ कार्तिक २०७८, १२ : १०
2 Shares

काठमाडाैं । कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यसै गरी पशुपतिनाथकाे मन्दिरमा भक्तजनहरूले ताेरण टाँगेका छन् । 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।

तस्वीरः सुजन गुरूङ्ग/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।