१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकी भागेको बताएका छन् । आइतबार बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै पौडेलले पार्टी कार्यालय सानेपामा कार्यकर्ता अनसन बसेकाले भागेर बुढानिलकण्ठमा आउनुपरेको बताए ।

Advertisement

उनले बैठकमा भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर बुढानिलकण्ठमा बैठक बसेका छौं। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो ? तपाइँकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन।’

पार्टी कार्यालयमा कार्यकर्ता अनसन बसेपछि सभापति देउवा सानेपा जान छाडेका छन् । यही विषयमा वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि प्रश्न उठाएका हुन् ।

उनले भने, ‘पार्टीको कार्यालाय छोडेर हिड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा सैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यक्रता आँउछन् गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेअ छौँ । यी समस्या कसरी टुंगो लगनउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?’

क्रियाशील सदस्यता विवादका कारण सानेपामा अनसन जारी छ । तर, संस्थापन पक्षबाट अनसन तोडाउने प्रयास भएको छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो