१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खोँच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहेका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले भने ।

Advertisement

उक्त खोँचमा अहिले हिउँको पहाड आएर अड्किएको र अहिलेसम्म घटनास्थलमा कोही पनि जान नसकेको उनले बताए । भोलि गएर वस्तुस्थितिबारे जानकारी लिने तयारी भएको पनि उनले बताए । तल्लो बस्तीबाट हिँडेर जान निक्कै समय लाग्ने जनाइएको छ । हिम पहिरो बिहान ११ः४० मिनेटमा खसेको थियो तर अझै खस्ने क्रम भने नरोकिएको र माथि केही हिउँका पहाड फेरि पनि झर्ने होकी भन्ने चिन्तामा मानिस रहेको उनले जानकारी दिए । उक्त टुक्चे पिकलाई स्थानीयले मानापाथि हिमाल पनि भन्ने गर्छन् । सानो र ठूलो हिमालसँगै रहेकाले ठूलोलाई पाथी र सानोलाई माना भनेर भन्ने गरिएको हो । उक्त हिमाल धौलागिरिको समिपमा दायाँतर्फ रहेको हिराचनले बताए । स्थानीय अहिलेसम्म उक्त क्षेत्रमा यस्तो कहिल्यै नबेहोरिएको बताउँछन् ।

वडाध्याक्ष हिराचनका अनुसार खेतीबाली, चौँरी, घरमा सुकाएको विस्कुनमा क्षति पु¥याएको छ । जोत्दाजोत्दै गोरु भागेका, मान्छे भागाभाग गरेका दृष्यहरू त्यसबेला देखिएको थियो । केही मान्छे ढुङ्गाको ओढार र च्यापमा लुकेर ज्यान जोगाएका थिए । पहिराबाट निस्किएको धुलोसहितको हालाले भने बस्तीसम्मै असर गरेको थियो । सुशीला गौचनका चौरी गोठाले लालबहादुर गुरुङ चौरीलाई नुन खुवाउन गएका थिए । उक्त गोठलगायत अन्यका गोठ र रासन पानी पनि सबै उडाएको र केही चौरी परेको भन्ने खबर आएको पनि वडाध्यक्ष हिराचनले सुनाए ।

तल्लो बस्तीमा रहेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालय थियो । विद्यालयका प्रअ खेम गुरुङ बाहिर चौरमा बस्दा हिउँ खसिरहेको देखेपछि शिक्षक र विद्यार्थी सबैलाई सुरक्षित ठाउँमा पठाइएको थियो । सो क्रममा भागदौड हुँदा केही घाइते भएका जनाइएको छ । उक्त स्कुलमा १६० विद्यार्थी थिए । हिउँ खसेको नजिक भीमप्रसाद थकाली, सुरेन्द्र गौतम, रमेश मगर, राजेन्द्र तुलाचन, महेन्द्र शेरचन, श्याम तामाङको चौरी गोठ थियो । त्यस क्षेत्रमा ३५० चौँरी गाई थिए । त्यसमध्ये कतिपय हिउँ पहिरोमा परेको भन्ने जानकारी आएको तर पुष्टि नभएको पनि हिराचनले बताए ।

उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । रुखहरु ढालेको छ, घरहरूका छाना उडाएको छ । हिमाल मुनी ठूलो खोँच रहेकाले त्यहाँ हिउँ खसेको र त्यसबाट बेगको हावाले धुलोलगायत अन्य चिजवस्तु उडाएकाले केहीका घरका छाना र केहीका घर नै उडाएको उनको भनाइ छ । उनका अनुसार गाउँमा धुलोले आँखै नदेखिने अबस्था भएको थियो ।

खोचमा बोक्सी र लाङक्यू खोला रहेको छ । खसेको हिउँ दुवै खोलाबाट बाँडिएर झरेकाले क्षति कम गर्न सहयोग पुगेको जनाइएको छ । वडाध्यक्ष हिराचनले भने, “एउटै खोलामा आएको भए ठूलो क्षति हुन सक्थ्यो तर त्यसो हुन पाएन, अहिले दुवै खोलाबाट धमिलो पानी बगिररहेको छ, माथिबाट हिउँका डल्ला खसिरहेको छ ।”

उनका अनुसार खोँच नभएको भए र दुवै खोलामा नबाँडिएको भए त्यहाँको तल्लो तटीय क्षेत्रमा रहेको नाउरीकोट, लाजिङ ,गोवाङ, बोक्सीखोला आसपास बस्तीका १०० घरमा क्षति पु¥याउन सक्ने थियो । त्यहाँ झण्डै ७०० जनसङ्ख्या छ । डर त्रासका कारण अहिलेसम्म कोही जान नसकेको पनि उहाँले सुनाए ।

भागदौडमा ११ जना घाइते

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हिउँ पहिरो खसेको देखेपछि भागदौडमा स्थानीय स्कुलका विद्यार्थी र शिक्षक ११ जना घाइते भएका छन् । पाँच जना अलि गम्भीर रहेको र दुई जनालाई उपचारका लागि रिफर गरिएको उनले जानकारी दिए । शर्माले भने, “उक्त हिम पहिरो धौलागिरि हिमश्रृङ्खलाबाट खसको हो, नजिक खर्क छ, च्याङग्रा तल झारिसकेको छ तर चौरीहरू माथि रहेकाले पहिरोमा परेको भन्ने आएको छ ।” उनले थप्दै भने, “एक खालको उल्का जस्तो गरे र आयो, यतै आउँछ की भनेर मानिस भागे, झण्डै साढे दुई किलोमिटर क्षेत्रमा हिउँका ढिक्का पुगेको छ, घरको छानासमेत उडाएको छ ।” पहिरो खसेको ठाउँबाट स्कुलको दुरी भने झण्डै दुई किलोमिटर रहेको छ, त्यहाँ असर पुगेको छ ।

जलवायु परिवर्तनको असर

उक्त घटनालाई नजिकबाट नियालिरहनुभएका जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल यो असामान्य घटना घटेको सुनाए । उनी ‘यसअघि मेलम्चीखोला अकल्पनीय रुपमा उर्लेर तहसनहस पार्ने गरी आयो, कात्तिक पहिलो साता बेमौसममा ठूलो क्षति हुने गरी भारी वर्षा भयो, अहिले सामान्यत हिउँ जन्मे बेलामा यसरी हिउँ पहिरो खस्ने भनेको यो जलवायु परिवर्तनको प्रत्यक्ष असर हो’ भन्छन् ।

झलमल्ल घाम लागेर हिउँ पहिरो जाने बेला यो नभएको उनको भनाइ छ । “मनसुनमा धेरै हिउँ परेको छैन, मनसुन सकिएपछि हिउँ राम्ररी पर्ने गरी पानी परेको पनि छैन, जुन खालको हिउँ पहिरो गएको छ, यो पुरानो हिउँ नै पग्लेर गएको जस्तो देखिन्छ, यो चाहिँ डरलाग्दो अवस्था हो”, डा दाहालले भने ।

“अगस्ट’ सेप्टेम्बर हिउँ पग्लने अवस्था हो, अहिले हिउँ नै थुप्रिन पाएको छैन कहाँबाट गयो ? यो महिना हिउँ पग्निे समय पनि होइन, यस्तो समयमा हिउँ पहिरो गएको छ”, उहाँ शशंकित हुँदै भन्छन्, “कसरी गयो अन्योलको विषय छ ।” तापक्रम नियमित बढिरहेको र हिउँको तल्लो तहसम्म विस्तारै गल्दै गएको हुन्छ, जलवायु परिवर्तनको कारण भनेर भन्न सकिने उनले जिकिर गरे । मेलम्चीमा मनसुन नजाने ठाउँमा मनसुन गएर भारती वर्षा हुँदा मेलम्ची खतरनाक हुँदै आएको स्मरण गर्दै उनले यस्तो घटना अब दोहोरिने भएकाले बेलैमा सचेत हुनुपर्ने सुझाव पनि दिए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे