ताजा अपडेट »

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक, लुम्बिनीमा खाँण

आइतबार, २८ कार्तिक २०७८, १८ : ४७
8 Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ । आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा नै हुने गरी तोकेको हो । 

 प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश–१को विराटनगर, प्रदेश–२को जनकपुर, बागमति प्रदेशको हेटौडा, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा महाधिवेशन हुने छ भने लुम्बिनी प्रदेशको महाधिवेशन भने राजधानी दाङ भए पनि बुटवलमा गरिने भएको छ । 

त्यस्तै, बैठकले प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक पनि तोकेको छ । बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।