ताजा अपडेट »

एमाले लुम्बिनीका नेता थापालाई पुत्रीशोक : श्रीमती गुमाएको केहि दिनमै छोरीको मृत्यु

आइतबार, २१ कार्तिक २०७८, ०८ : ३१
132 Shares
आइतबार, २१ कार्तिक २०७८
132 Shares

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई पुत्रीशोक परेको छ। उनकी छोरी २७ वर्षीया कृति थापा राजभण्डारीको शनिबार उपचारकै क्रममा नर्भिक हस्पिटलमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

गर्भवती अवस्थामा रहेकी उनीमा कोरोना संक्रमण र मुटुको समस्या पनि थियो । विवाह भएको करिब एक वर्षको समयमा नै उनको मृत्यु भयो । नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्रहरुमा अभिनय पनि गरिसकेकी थिइन्।

थापाको श्रीमतीको पनि १५ दिनअगाडि मृत्यु भइसकेको छ। श्रीमतीको मृत्यु भएको केहिदिनमै उनीमाथि अर्को बज्रपात परेको छ । थापाको छोराको पनि मुटुमा समस्या रहेकाे पारिवारिक स्रोतले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।