ताजा अपडेट »

कोप-२६ सम्मेलनमा भिमकाय डायनासोर ढोकाबाट पसेपछि...

सोमबार, १५ कार्तिक २०७८, ११ : ०१
4 Shares

लन्डन । राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी वैठक चलिरहेको थियो । विश्वका विभिन्न देशबाट आएका प्रतिनिधि आ–आफ्नो स्थानमा बसिरहेका थिए । सबै आफ्नै धुनमा थिए । कोही पत्रिका पढ्दै थिए भने कोही नजिकका समकक्षीसँग गफिएका थिए । 

अकस्मात एउटा अस्वभाविक आगन्तुक ढोकाबाट प्रवेश गर्छ । हलको बीचमा  छुट्टयाएको प्यासेज हुँदै उ अगाडि लम्किन्छ । उसलाई देखेर कोही प्रतिनिधि झस्किन्छ भने कोही डरले अध्याँरो मुख बनाउँछन् । उ सीधै मञ्चमा पुग्छ र एउटा हातले माइक समाएर सम्बोधन गर्न थाल्छ । उ अरु कोही नभएर साढे ६ करोड वर्षअघि पृथ्वीबाट लोप भएको प्राणी डायनासोर हो । 

बेलायतको ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले तयार पारेको एनिमियटेड भिडियोमा डायनासोर पृथ्वीबाट कसरी लोप भयो भन्ने सन्देश दिएको छ । भिडियो अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा भाइरल बनेको छ । 

कलाकार तथा गीत लेखक ज्याक ब्ल्याकको आवाज रहेको सो भिडियोमा अर्का कलाकार फ्रान्किले अभिनय गरेका हुन् । फ्रान्किले अंग्रेजी भाषामा राष्ट्रसंघको मञ्चबाट बोल्दै विश्वभरका प्रतिनिधिलाई जलवायु परिवर्तनका कारण जीवजन्तु जोखिममा परेकाले त्यससलाई न्यून गर्न आग्रह गरेका छन् ।  कोप–२६ सम्मेलनको पूर्वसन्ध्यामा भिडियो सार्वजनिक भएको थियो । साढे दुई मिनेट लामो सो भिडियोमा फ्रान्किले पृथ्वीको जीवजन्तुलाई लोप हुन दिनु राम्रो बिचार नभएको बताएका छन् ।

जलवायु परिवर्तनले पारेको असर रोक्न ढिलो भइसकेको भन्दै उनले विश्वका नेताहरुलाई तत्काल उचित कदम चाल्न अनुरोध गरेका छन् ।  ‘लोप हुन खराब पक्ष हो,आफैले आफैलाई लोप बनाउने ?’ विश्व प्रतिनिधिहरूसँग उनले भनेका छन् । संसार जलवायु विपद्तर्फ बढेको उनको भनाई छ । भिडियोले जैविक इन्धन प्रयोगलाई निरुत्साहित गर्न विश्व नेताहरुलाई महत्वपूर्ण सन्देश दिएको छ ।-एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।