ताजा अपडेट »

न्यू भिजनका विद्यार्थीद्वारा दृष्टिविहिनलाई सहयोग

आइतबार, २९ भदौ २०७६, १९ : ४०
4 Shares

भदौ २९,
ग्लोबल आवाज
बुटवल । बाल दिवसको अवसरमा तामनगर स्थित न्यू भिजन मा.वि.को न्यू भिजन बाल क्लबले दृष्टिविहिनहरुलाई सहयोग गरेको छ । क्लबले बुटवल उपमहानगरपालिका वार्ड नं १२ मा रहेको रुपन्देही नेत्रहिन संघको भवनमा बस्ने करिब १० जना दृष्टिबिहिनहरुलाई सहयोग गरेको हो । बाल दिवसका अवसरमा केही सामाजिक कार्य गर्ने सोँचले विद्यार्थीहरुले दृष्टिविहिनहरुलाई खाद्यान्न सामग्रीहरु प्रदान गरेका हुन् ।


कार्यक्रममा क्लबकी अध्यक्ष स्मृति जि.सी.ले बोल्दै विद्यार्थीहरुले आफ्नो एक दिनको खाजा खर्चबाट कटैती गरि नगद संकलन गरेर खाद्यन्न सामाग्रीहरु संकलन गरेको बताइन् । सहायक प्राचार्य कमल खनालले बाल दिवसको महत्व र औचित्यमा प्रकाश पार्दै विद्यार्थीहरुको यस किसिमका कार्यक्रमले मानवसेवामा लागि रहन प्रेरित गर्दै सामाजिक दायित्वबोध गर्नु पर्ने बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य केशव श्रीसले बालबालिकाहरु किताबी ज्ञानमा मात्र नभई समाजमा मानवीय सेवा र सहयोगमा पनि हातेमालो गर्नुपर्छ भन्दै आगामी दिनमा अन्य यस्ता रचनात्मक क्रियाकलापहरुमा पनि बालबालिकाहरुलाई सहभागिता जनाउनु पर्ने कुरा राख्दै खुशी व्यक्त गरे । साथै सो कार्यक्रमका लागि विशेष सहयोग गर्ने रुपन्देही नेत्रहिन संघका सचिव टिकाराम पौडेल, कोओर्डिनेटर प्रेम आचार्य, विद्यालयका इसिए इन्चार्ज बालकृष्ण आचार्य लगायत अन्य उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई पनि धन्यवाद व्यक्त गरे । कक्षा ५,६, र ७ एबं क्लबका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रमको संचालन क्लबका सचिव सुदन सारुले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।