ताजा अपडेट »

बाल दिवसका अवसरमा सरस्वतीमा हाजिरीजबाफ

आइतबार, २९ भदौ २०७६, १७ : ५८
6 Shares

भाद्र २९
तिनाउ । पाल्पाको तिनाउ १ झिगामारामा अवस्थित सरस्वती आधाभूत विद्यालयमा सरकारले तय गरेको ‘सुनिश्चित बाल अधिकारः सम्वृद्ध नेपालको आधार’–भन्ने मूल नाराका साथ आईतबार बाल दिवस मनाइएको छ ।

दिवसका अवसरमा आधारभूत तहका प्रा.वि र नि.मा वि स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरिएको शिक्षक कमल पौडेलले जानकारी गराए । प्रतियोगिताको निम्न माध्यमिक तहमा कर्णाली सदनबाट सहभागि विद्यार्थी प्रशान्त न्यौपाने, छविलाल पुन र सुनिता सारु प्रथम भएका थिए । त्यसैगरी बागमती सदनबाट सहभागि विद्यार्थी जीवन गाहा, तेजबहादुर सोमरे र सविना गलामी दोस्रो हुन सफल भएका थिए । तेस्रो भएको कोशी सदनमा मोहन खड्का, चन्दा पुन र दिलिप सुस्लिङ सहभागि भएका थिए । विद्यालयका शिक्षक चन्द्र बहादुर पौडेलको सञ्चालन कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।