ताजा अपडेट »

बाल दिवसको अवसरमा किड्स हेभनका विद्यार्थीले बनाए सचेतना चित्र

आइतबार, २९ भदौ २०७६, १७ : ४१
6 Shares

भाद्र २९,
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ मा रहेको किड्स हेभन ईङ्लिस स्कुलले बालदिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयमा स्थापित किड्स जुनियर रेडक्रस सर्कलको आयोजनामा बाल अधिकार सम्बन्धि विभिन्न नारा उल्लेखित पोष्टर बनाइ प्रदर्शन गरिएको थियो ।

‘सुनिश्चित बालअधिकार, सम्वृद्ध नेपालको आधार’– भन्ने नाराका साथ विद्यार्थीहरुले चेतनामूलक पोष्टरहरु बनाएका थिए । कार्यक्रममा १२ वटा समूहको सहभागिता रहेको थियो । विद्यार्थीहरुले आ–आफ्ना सिर्जनशीलताको प्रयोग गरी तर्क वितर्क पनि गरेका थिए । अहिलेको अवस्थामा प्रत्यक्ष रुपमा देख्न सकिने विभिन्न बाल शोषण भएको र बालअधिकारको सुनिश्चितता नभएको कुरा कक्षा ८ की छात्रा प्रमिला रानाले आँखाभरी आँशु पार्दे वर्णन गरेकि थिइन । कार्यक्रम जुनियर रेडक्रसकी छात्रा बितिशा गौतमको अध्यक्षयता, विद्यालयको प्रबन्ध निर्देशक वेद गीरीको आतिथ्यता र छात्र दिपेश गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।