ताजा अपडेट »

बाल दिवसका अवसरमा इन्टलेक्च्युअलमा कार्यक्रम

आइतबार, २९ भदौ २०७६, १३ : ५०
70 Shares

भाद्र २९,
बुटवल । सुनिश्चित बाल अधिकार, समृद्घ नेपालको आधार भन्ने मुल नारा सहित रुपन्देहीको बुटवल–११ कालिकानगर स्थित इन्टलेक्च्युअल एकेडेमीमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम गरि बालदिवस मनाएका छन् ।

इन्टलेक्च्युअल बालक्लबको आयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले विभिन्न कविता, गित नाटक प्रस्तुत गरेका थिए । बालक्लवका अध्यक्ष बबि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ को छात्रा एन्जीला पोख्रेलले बाल शोषण सम्बन्धी कविता, कक्षा ६ का विद्यार्थीको समूहले गित, कक्षा ७ का विद्यार्थीले बाल अधिकार, कक्षा ८ का विद्यार्थीले लागु औषधमा बालबालिकाको प्रयोग र कक्षा ९ का विद्यार्थीको समुहले बालश्रम सम्बन्धी नाटक प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विद्यार्थी सिमरन थापा, निरुता पाण्डे, सरिता खत्री, सावित्रा दर्लामी, शैली देवकोटा, दिपेन्द्र थापा, हर्षित थापा लगाएतले बाल अधिकारका बारेमा मन्तव्य राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।